Apr 172013
 

TUESDAY, 16 APRIL 2013 09:22 नागरिक

काठमाडौं, वैशाख ३ (नागरिक)- काठमाडौं महानगरपालिकाभित्र असार १ देखि प्लास्टिक झोला प्रयोग गर्न नपाइने भएको छ। प्लास्टिक झोलाको कारण वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापनमा बाधा पुगेको भन्दै महानगरले प्लास्टिक झोला प्रतिबन्ध लगाउने भएको हो।

असार १ देखि प्लास्टिक झोला प्रयोगमा नल्याउन महानगरपालिकाले सर्वसाधारणलाई सूचना जारी गरिसकेको छ। यो नियम कडाइसाथ लागू गरिने महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले बताए। ‘पहिले प्लास्टिक झोला प्रयोग नगर्न सचेत गराइएको थियो, यसपालि त्यस्ता झोला प्रयोगमा प्रतिबन्ध लगाइनेछ,’ अधिकारीले भने। Continue reading »

Apr 172013
 

WEDNESDAY, 17 APRIL 2013 11:02 सम्पादकीय

काठमाडौं महानगरपालिकाले प्लाष्टिक प्रयोगमा असारदेखि प्रतिबन्ध लगाउने एकदमै आवश्यक निर्णय गरेको छ। धेरै पहिले गर्नुपर्ने निर्णय धेरै पछि गरिए पनि यसलाई सबैले सहयोग र समर्थन गर्नैपर्छ। मानव तथा अन्य प्राणीमात्र हैन, पृथ्वीलाई समेत दूषित र रोगी बनाउन सक्ने हैसियतको प्लाष्टिक प्रयोगविरुद्ध भएको यो निर्णयले वातावरण संरक्षणमा दूरगामी प्रभाव पार्ने निश्चित छ। त्यसैले महानगरको यो निर्णयलाई अन्य धेरै निर्णयजस्तो कागजीरूपमै सीमित नराख्न महानगरबासी त लाग्नैपर्छ, सँगै गैरमहानगरबासी तथा सरकारी निकाय, उपभोक्ता, उद्योगी, व्यापारी, वातावरणप्रति सचेत व्यक्ति सबैले दिलोज्यानले सघाउनुपर्छ। Continue reading »